वि.सं.२०८३ असोज १ बिहीवार

देशभर मनसुनी वायुको प्रभाव: सतर्क रहन महाशाखाको आग्रह, कस्तो रहनेछ आज दिन र रातको मौसम?

आजको मौसम: कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपातको आँकलन

khanepani

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ ।

हाल मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ, सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

ranechhap