काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
कृष्णभीरको २७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
बाँकी सब–बेसको काम बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । रातिको समयमा समेत निर्माण कार्य गर्न फ्लड लाइटको व्यवस्था गरिएको छ ।
निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।







































