काठमाडौँ । मुगु जिल्लालाई केन्द्रविन्दु बनाएर बुधबार बिहानै दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो धक्का बिहान १ बजेर ५१ मिनेट जाँदा ४.५ म्याग्निच्युडको महसुस गरिएको थियो। त्यसको केही समयपछि बिहान ४ बजेर २८ मिनेटमा पुनः ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। बिहानपख लगातार दुई पटक धक्का महसुस भएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको थियो।







































