वालिङ । ऋषिपञ्चमीको दिन बिहानै आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका-९ भूम्रेकी ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले बताए ।
उनका अनुसार आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको थियो ।




































