काठमाडौं । नेपाली कांग्रेसका नेता तथा ब्यापारी विष्णु खत्रीसहित ९ जना जुवा खेलिरहेका अवस्थामा पक्राउ परेका छन।
महाराजगञ्ज प्रहरीले खत्रीसहित जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले खत्री पक्राउको पुष्टि गरे। खत्री उद्योग वाणिज्य महासंघमा समेत आबद्ध छन। सिन्धुपाल्चोकका उनी रक्तचन्दनमा समेत विवादित हुदैँ आएका ब्यक्ति हुन।









































