काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। सार्वजनिक विवरण अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहँदै एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम भएको छ। आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो।
युरोपेली युरो एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ११ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ४४ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४२ पैसा र बिक्रीदर १२० रुपैयाँ ८९ पैसा छ।
एसियाली तथा खाडी मुलुकतर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा कायम छ।
त्यसैगरी मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४२ पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा छ। कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा, ओमानी रियाल एकको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ। राष्ट्र बैंकले आवश्यकतानुसार दर संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूको दर फरक पर्न सक्ने जनाएको छ।






































