वि.सं.२०८३ भदौ २५ बिहीवार

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक

khanepani

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावितको पुनःस्थापनालाई निरन्तरता दिइरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय बैठकले लिने सचिवालयले जनाएको छ ।

ranechhap