वि.सं.२०८३ भदौ २३ मंगलवार

धादिङको परेवाटार-मास्टार सडक आज साँझ ६ बजेसम्म बन्द हुने

khanepani

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको पक्की पुल बगेपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सडक मर्मतका लागि एक दिन पूर्ण रूपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकमा थप मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उक्त मार्गमा सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइने भएको छ ।

प्रशासन कार्यालयले सो अवधिमा यात्रा गर्ने यात्रुलाई धादिङबेंसी–सुनौलाबजार–भोर्ले–कोसिखोला–फोस्रेटार–कल्लेरीटार सडक वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

सडक मर्मतका कारण यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति प्रशासन कार्यालयले क्षमायाचना गरेको छ ।

ranechhap