वि.सं.२०८३ भदौ २१ आइतवार

राहत सामग्री बोकेको थाई एयर काठमाडौँमा अवतरण

khanepani

काठमाडौँ। नेपालमा गत भदाै १० गते चीनकाे तिब्बत हुँदै आएको विपद्‌बाट प्रभावित नागरिकका लागि राहत सामग्री बोकेको रोयल थाई एयर फोर्सको सी–१३० हर्क्युलिस विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अवतरण गरेको छ।

थाइल्यान्डबाट आएको उक्त विमानमा विपद्‌बाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री ल्याइएको जनाइएको छ। विपद्को कठिन परिस्थितिमा नेपाललाई सहयोग र ऐक्यबद्धता जनाउँदै थाइल्यान्डले मानवीय सहायता उपलब्ध गराएको हो।

राहत सामग्री बोकेर आएको सैन्य विमानमार्फत थाइल्यान्डले विपद्को समयमा नेपाल र नेपाली नागरिकप्रति सहयोग, समर्थन तथा सद्भाव व्यक्त गरेको छ।

विपद्‌बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा अन्तर्राष्ट्रिय सहयोग जुटिरहेका बेला थाइल्यान्डको यो सहयोगले प्रभावित समुदायलाई आवश्यक सामग्री उपलब्ध गराउन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

ranechhap