वि.सं.२०८३ भदौ २० शनिवार

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस बोलेको आवाज सुनियो: सांसद न्यौपाने

त्रिशूली–३ ए बाट आयो आशाजनक खबर: सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनियो, सकुशल उद्धारको प्रयास

khanepani

काठमाडौं । रसुवाको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बताएका छन् ।

न्यौपानेका अनुसार उद्धारमा खटिएको नेपाली सेनाको टोलीबाट सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी प्राप्त भएको हो । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरेर खोज तथा उद्धार कार्यलाई तीव्र बनाइरहेको उनले बताएका छन् ।

सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेत भएको न्यौपानेले उल्लेख गरेका छन् । उनले यसले सुरुङभित्र फसेकाहरूलाई सकुशल उद्धार गर्न सकिने आशा थपिएको बताएका छन् ।

ranechhap