वि.सं.२०८३ भदौ १६ मंगलवार

वीरेन्द्रनगर नगरपालिकाले रसुवा बाढी प्रभावितका लागि ५१ लाख आर्थिक सहयोग गर्ने

khanepani

सुर्खेत । कर्णालीको राजधानीको नगर वीरेन्द्रनगरले रसुवा बाढी प्रभावितका लागि ५१ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख मोहनमाया ढकालका अनुसार, प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सहयोग होस् भन्ने हेतुले मंगलबार बसेको कार्यपालिका बैठकबाट ५१ लाख रकम सहयोग गर्ने निर्णय भएको हो ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उनले बताइन् ।

ranechhap