वि.सं.२०८३ भदौ १६ मंगलवार

कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने

मंगलबार मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

khanepani

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपत् व्यवस्थापनका लागि प्रदेश सरकारले दुई करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

मंगलबार मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३/२०९२’ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

ranechhap