वि.सं.२०८२ वैशाख ९ मंगलवार

महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको पत्र- देखिएन कारवाही पुष्टि हुने आधार

काठमाडौं । निर्वाचन आयोगले जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ ।

आयोगले दुवै अध्यक्षलाई बुधबार पत्राचार गर्दै मंगलबार दुवै पक्षले पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको छ ।