वि.सं.२०८३ भदौ १४ आइतवार

रास्वपा सांसदहरूलाई सचेतक क्रान्तिशिखाको निर्देशन : बाढी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा नजानु

khanepani

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बाढी प्रभावित क्षेत्रमा गएर अनावश्यक तस्बिर र भिडियो नखिच्न निर्देशन दिएको छ । आइतबार रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले सांसदहरू बाढी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा नजान निर्देशन दिएकी हुन् ।

‘विशेषगरी, बाढी वा विपद्का दृश्यहरू खिच्ने, फोटो/भिडियो सामाजिक सञ्जालमा राख्ने काम नगर्नुहोला। तपाईँहरूले सूचना दिन वा प्रभावितप्रति सहानुभूति व्यक्त गर्नकै लागि गर्नुभएको भए पनि अहिलेको संवेदनशील अवस्थामा त्यसलाई सार्वजनिक रूपमा फरक ढंगले बुझिन सक्छ। बुझिएको छ’, निर्देशनमा भनिएको छ ।

हरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गएर पीडितहरूको उद्धार, राहत तथा व्यवस्थापनमा भन्दा पनि अनावश्यक इस्टनवाजी गरेको आरोप लागेको छ ।

अहिले शुभेच्छा व्यक्त गर्नुबाहेक पार्टीसँग धेरै ठूलो सीप वा स्रोत नभएकाले आफ्नो सीप, समय र उपस्थितिले वास्तवमै केही सहयोग पुर्‍याउँछ कि उल्टै थप असहजता सिर्जना गरेर एकपटक आफैँले मूल्याङ्कन गरेर मात्र अघि बढ्न उनले सचेत गराएकी छिन्।

सम्पूर्णमा नमस्कार। आशा छ तपाईंहरू सबै आरामै र सुरक्षित हुनुहुन्छ।

हामी सबै अहिले विपद्को मारमा छौँ। यस्तो अवस्थामा सकेसम्म सबैलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने चिन्ता पनि हामी सबैमा भएको महसुस गरेका छौ । र यो जिम्मेवारी हामी सबैको हो।

तर हामीले स्पष्ट रूपमा भनेका छौँ विपद् प्रभावित क्षेत्रका सांसदहरू आवश्यकताअनुसार सम्बन्धित क्षेत्रमा जानुहोला। अन्य सांसदहरूले भने अहिले अनावश्यक रूपमा प्रभावित क्षेत्रमा जाने भन्दा आफ्नो स्थानबाट समन्वय र सहयोगमा ध्यान दिनुहोला।
विशेषगरी, बाढी वा विपद्का दृश्यहरू खिच्ने, फोटोरभिडियो सामाजिक सञ्जालमा राख्ने काम नगर्नुहोला।

तपाईंहरूले सूचना दिन वा प्रभावितप्रति सहानुभूति व्यक्त गर्नकै लागि गर्नुभएको भए पनि अहिलेको संवेदनशील अवस्थामा त्यसलाई सार्वजनिक रूपमा फरक ढंगले बुझिन सक्छ। बुझिएको छ ।

हामीसँग अहिले शुभेच्छा व्यक्त गर्नुबाहेक धेरै ठूलो सीप वा स्रोत नहुन सक्छ। त्यसैले हाम्रो सीप, समय र उपस्थितिले वास्तवमै केही सहयोग पुर्‍याउँछ कि उल्टै थप असहजता सिर्जना गरेर एकपटक आफैंले मूल्याङ्कन गरेर मात्र अघि बढौँ ।

ranechhap