वि.सं.२०८३ भदौ १४ आइतवार

सप्तकोशीका सहायक नदीहरूमा बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

khanepani

विराटनगर। सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव लगातार बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय, सुनसरीले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विशेष सुरक्षा अपिल जारी गरेको छ।

सूचनामा नदी किनारमा जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरिएको छ। प्रहरीले सूचना जारी गर्दै सुनसरीको बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्णलाई तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

प्रहरीले नदीमा गएर माछा मार्ने, बाढीले बगाएर ल्याएका दाउराहरू टिप्ने, नदी किनारमा सेल्फी खिच्ने तथा सामाजिक सञ्जालका लागि भिडियो बनाउने जस्ता कार्य नगर्न आग्रह गरेको छ।

ranechhap