वि.सं.२०८३ भदौ १२ शुक्रवार

विद्युत् प्राधिकरणका ४० बढी कर्मचारी रसुवा टनेलमा फसेको भन्दै आफन्त पुगे प्रधानमन्त्री कार्यालय

khanepani

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ४०/४५ जना कर्मचारी रसुवामै टनेलमा फसेको भन्दै आफन्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

कपिलवस्तुकी सिता अधिकारीका अनुसार उनका श्रीमान् कुलेखानी तेस्रोबाट रसुवा ३ ए जलविद्युत आयोजनामा गएका थिए ।

‘टनेल भित्र फस्नु भएको छ होला भन्ने छ । तर रेक्यु पहल भएको छैन । ४०/४५ जना सरकारी कर्मचारी रहेका छन् । हामी कहाँ जाने ?’ उनले प्रधानमन्त्री कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै भनिन् ।

रेक्युको प्रयास भएको छ कि छैन थाहा पाउन नसकेको बताइन् । काममा ढिलासुस्ती भएको गुनासो गरिन् ।

‘विदेशबाट मगाएर भए पनि रेक्यु अुनुपर्छ,’ उनले भनिन्, अहिलेसम्म कुनै सम्पर्क छैन । तीन दिनसम्म भइसक्यो । सरकार के गर्दैछ ?’

उनले आफ्नो कर्मचारी एनइए (नेपाल विद्युत प्राधिकरण) को कर्मचारी भएको बताइन् ।

रसुवामा श्रीमानसहितका कर्मचारीहरू बिहान ७ बजे खाना खाएर तल टनेलमा काम गर्न जाने गरेको उनले बताएकी छन् । टनेलमा गएपछि सम्पर्क नहुने गरेको सुनाइन् ।

१० भदौको बिहान ७ बजेसम्म कुरा भएको तर त्यसपछि सम्पर्क हुन नसकेको बताइन् ।

रसुवामा बाढी आइसकेपछि कुरा हुन नसकेको भनेर उनले रेक्युका लागि सरकारलाई आग्रह गरेकी हुन् ।

आफ्नो श्रीमान् ३ भदौमा रसुवा गएको र उतै रहेको पनि बताएकी छन् ।

ranechhap