वि.सं.२०८३ भदौ १० बुधवार

कालीमाटीमा तरकारी तथा फलफूलको नयाँ थोक मूल्य निर्धारण

khanepani

काठमाडौँ । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो भारतीय रु १००, गोलभेँडा सानो लोकल रु ४५, गोलभेँडा सानो टनेल रु ६५, गोलभेँडा सानो भारतीय रु ५०, आलु रातो लाम्चो रु ५१, आलु रातो गोलो रु ५३, आलु रातो मुढे रु ५३, आलु रातो भारतीय रु ४०, आलु सेतो रु ३८ तथा सुकेको भारतीय प्याज प्रतिकिलो रु ९२ तोकिएको छ।

यस्तै लोकल गाजर प्रतिकिलो रु १२०, तराई गाजर रु ८०, लोकल बन्दा रु ४०, स्थानीय काउली रु ११०, रातो मूला रु ३०, हाइब्रिड सेतो मूला रु ३५, लाम्चो भन्टा रु २५, डल्लो भन्टा रु ५०, तने बोडी रु ९०, मकै बोडी रु १००, लोकल र हाइब्रिड घिउ सिमी रु १००, टाटे सिमी रु ८०, भटमास कोसा रु १३०, तीते करेला रु ५०, लौका रु ६०, लोकल र तराई परवर रु ८०, चिचिण्डो रु ३०, घिरौँला रु ३०, झिगुनी रु ७०, पाकेको र हरियो डल्लो फर्सी रु ६०, भिन्डी रु ४०, सखरखण्ड रु १२०, पिँडालु रु ८० तथा स्कुस प्रतिकिलो रु ४० कायम भएको छ।

सागपात, च्याउ तथा अन्य उपजमा रायो साग प्रतिकिलो रु १२०, पालुङ्गो रु २५०, तोरीको साग रु १००, हरियो प्याज रु २००, कन्य च्याउ रु ३००, डल्ले च्याउ रु ५००, राजा च्याउ रु ३३०, सिताके च्याउ रु १,०००, कुरिलो रु ५००, न्यूरो रु १००, ब्रोकाउली रु १६०, चुकन्दर रु ७०, सजीवन रु २५०, रातो बन्दा रु ६०, जिरीको साग रु ५००, सेलरी रु ५००, पार्सले रु १,८००, सौफको साग रु १५०, पुदिना रु ७००, गान्टेमूला रु १५०, इमली रु १८०, तामा रु १६०, तोफु रु १६०, गुन्द्रुक रु ३५० र रुख टमाटर प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३५०, नेपाली केरा प्रतिदर्जन रु ३००, मालभोग केरा प्रतिदर्जन रु २००, कागती रु ३००, अनार रु ३००, मालदह आँप रु २८०, चोसा आँप रु २५०, हरियो तरबुजा रु ६०, जुनार रु २००, भुइँकटहर प्रतिगोटा रु २००, लोकल काँक्रो रु ५०, हाइब्रिड काँक्रो रु २०, लोकलक्रस काँक्रो रु ५०, रुखकटहर रु ६०, लोकल नास्पाती रु ९०, चाइनिज नास्पाती रु २५०, नेपाली मेवा रु ८०, भारतीय मेवा रु १००, लप्सी रु ६०, किबी रु ४००, एभोकाडो रु २५०, अमला रु २००, काँचो नरिवल रु ८०, हरियो नरिवल रु १७० र नेपाली ड्रागन फ्रुट प्रतिकिलो रु ५०० तोकिएको छ।

मसला तथा माछामा अदुवा प्रतिकिलो रु ३००, सुकेको खुर्सानी रु ५५०, लाम्चो र बुलेट हरियो खुर्सानी रु ६०, माछे हरियो खुर्सानी रु ५०, अकबरे खुर्सानी रु ३००, भेडे खुर्सानी रु ५०, हरियो लसुन रु २००, हरियो धनियाँ रु ५००, चाइनिज सुकेको लसुन रु २२०, नेपाली सुकेको लसुन रु २००, सुकेको र हरियो छ्यापी रु २००, सुकेको माछा रु १,०००, ताजा रहु माछा रु ३७०, बचुवा माछा रु ३४० तथा छडी माछा प्रतिकिलो रु ३५० कायम गरिएको छ।

ranechhap