ललितपुर । फैसला कार्यान्वयनअन्तर्गत बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १२ वटा मुद्दामा फरार रहेका एक प्रतिवादी ललितपुरको बालकुमारीबाट पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–१० बालकुमारी बस्दै आएका ३३ वर्षीय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
भण्डारीविरुद्धका १२ वटा मुद्दामा कुल २ करोड ६५ लाख ३४ हजार ९ सय ५८ रुपैयाँ बराबरको बिगो रहेको प्रहरीले जनाएको छ। अदालतको फैसलाअनुसार उनलाई १६ दिन कैद र १ करोड ५८ लाख ५४ हजार ६ सय ३० रुपैयाँ जरिवाना तोकिएको छ।
पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।








































