वि.सं.२०८३ साउन २९ शुक्रवार

किशोर श्रेष्ठको रिहाइको माग गर्दै, काठमाडौँ प्रहरी परिसरमा महासंघको धर्ना

khanepani

काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले धर्ना दिएको हो ।

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई बुधबार राति ९ बजे काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

ranechhap