काठमाडौ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।
आइतबार तोलामा पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला तीन लाख एक हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ।
आइतबार तोलामा चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






































