वि.सं.२०८३ साउन २५ सोमवार

नेपालभित्रको असन्तोषमा बाह्य शक्तिले खेलेकोप्रति चिन्तित छौं : प्रदीप ज्ञवाली

khanepani

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले गम्भीर राजनीतिक अस्थिरताको समयबाट नेपाल पार भएको बताएका छन् ।

क्युबामा सम्पन्न कम्युनिस्ट तथा मजदुर पार्टीहरूको २५औं अन्तर्राष्ट्रिय बैठकमा उनले जेनजी आन्दोलनले परिवर्तित देशको अवस्थाबारे जानकारी दिएका हुन् ।

‘नेपालले हालै गम्भीर राजनीतिक अस्थिरताको कठिन समय पार गरेको छ,’ ज्ञवालीले भनेका छन्, ‘जेनजीको आन्दोलनका रूपमा सुरु भएको प्रदर्शन, पछि हिंसा र विनासतर्फ मोडियो । सार्वजनिक संस्थाहरू आक्रमणको निाशाना बने ।’

ज्ञवालीले २४ भदौको व्याख्या आफ्नो मन्तव्यमा राखेका छन् । ‘सार्वजनिक संस्थाहरू आक्रमणको निशाना बने । ऐतिहासिक सम्पदाहरू क्षतिग्रस्त भए । लोकतान्त्रिक संरचनाहरू कमजोर बनाइए,’ उनले भनेका छन्, ‘निर्वाचित सरकार ढल्यो । संसद् विघटन भयो ।’

जेनजी आन्दोलनलाई ज्ञवालीले देशभित्रको असन्तोषलाई उपयोग गरेर बाह्य शक्तिले खेलेको सन्देश बैठकमा राखेका छन् ।

‘देशभित्रको असन्तोषलाई उपयोग गरेर बाह्य शक्तिहरूले राजनीतिक रूपमा अस्थिरता ल्याउन खोजेकोमा हामी धेरै चिन्तित छौ,’ उनले भने ।

तर जनताको मत र लोकतान्त्रिक प्रक्रियामा सहभागी भएको उनले बताएका छन् ।

आफ्नो मन्तव्यमा ज्ञवालीले क्युवाले नाकाबान्दीविरुद्ध लडेको संघर्षलाई प्रशंसा गरेका छन् । ‘क्युबाले कठिनाइलाई साहसका साथ सामना गरेको छ । नाकाबन्दीलाई मर्यादाका साथ झेलेको छ,’ ज्ञवालीले भनेका छन् ।

बदलिदो विश्व शक्ति–संघर्ष र वाम पार्टीहरुबीचको सहकार्यबारे ज्ञवालीले लामै मन्तव्य राखेका छन् । विशेषगरी समाजवादी सिद्धान्त र कार्यक्रमको आवश्यकता पुष्टि गर्नेगरी तथ्यांहरू प्रस्तुत गरेका छन् ।

ranechhap