वि.सं.२०८३ साउन २५ सोमवार

पार्टी एकताको सङ्कल्प गर्न भन्दै किशुनजीको आश्रम पुगे पूर्णबहादुर खड्का

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको पूर्ण एकताका लागि सङ्कल्प गर्न भन्दै पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किशुनजी’को ललितपुरको बाडेगाउँस्थित आश्रम पुगेका छन् ।

आइतबार बिहान नेता कार्यकर्तासहित आश्रम पुगेका खड्काले किशुनजीको शालिकमा माल्यार्पण गर्दै कांग्रेसलाई एकढिक्का बनाउनका लागि आध्यात्मिक र नैतिक ऊर्जा प्राप्त गर्न आफू आश्रम आएको बताए ।

‘म पार्टीको सम्पूर्ण एकताको सङ्कल्प गर्न बाडेगाउँ आएको हुँ,’ खड्काले भने, ‘कांग्रेसलाई बलियो बनाउन आन्तरिक एकता अनिवार्य छ र त्यसका लागि यो पवित्र स्थलबाट प्रण गरेको छु।’

खड्का बाडेगाउँ पुग्दा उनको साथमा पार्टीको संस्थापन इतर समूहका दर्जनौँ नेता तथा कार्यकर्ताहरू पनि सँगै गएका थिए । पार्टीभित्र पछिल्लो समय देखिएको ध्रुवीकरणका बिच खड्काले इतर समूहका नेताहरूलाई साथै लिएर आश्रम पुगेका हुन् ।

खड्कासँगै निवर्तमान केन्द्रीय सदस्यहरू अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, विद्या तिमिल्सिना र कान्तिका सेजवाल बाडेगाउँ पुगेका थिए । त्यस्तै, नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलसहितका विभिन्न तहका नेताहरू पनि बाडेगाउँ पुगेका थिए ।

गत भदौ २४ गते बाडेगाउँमा भएको घटनाको चौथो दिन आश्रम निरीक्षण गर्न पुगेका खड्का आइतबार दोस्रो पटक त्यहाँ पुगेका हुन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बाडेगाउँको आश्रम पनि आन्दोलनकारीले जलाएका थिए ।

ranechhap