काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सच्याउनुपर्ने माग दोहोर्याएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने अभिव्यक्तिलाई सच्याउनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘स्पष्टीकरण दिन अथवा रेकर्डबाट हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौँ। जुन माग हामीले छोड्न सक्ने मागको रूपमा रहेको छैन। राष्ट्रियताको सवाल छ, हाम्रो जमिनको सवाल छ। हामी राष्ट्रको लागि आवश्यक पर्दा रगत बगाउन सक्छौँ, शिर बलि चढाउन सक्छौँ, तर हामी राष्ट्रप्रतिको कुनै पनि विवादास्पद भनाइलाई हाम्रो राष्ट्रिय रेकर्डमा राखिराख्न सक्दैनौँ।’
उनले यसलाई रेकर्डबाट हटाउन वा रुलिङ गर्न सभामुखसँग माग गरे। प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे संसद् जवाफ दिनुपर्ने बताए।







































