वि.सं.२०८३ साउन २२ शुक्रवार

थाइल्यान्डको विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु

khanepani

एजेन्सी । थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउने संदिग्ध व्यक्ति पनि मृत्यु भएको छ ।

घटनामा कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले पीडितप्रति दुःख व्यक्त गर्दै यस्तो घटना हुन नहुने बताएका छन् । उनले देशमा नागरिकलाई हतियार राख्न अनुमति नदिने सरकारी नीतिको कारण पनि यस्ता घटना रोक्नु रहेको बताए ।

घटनाका एक विद्यार्थीले गोली चलेको आवाजलाई सुरुमा पटाका पड्किएको वा कसैले सामान ठोकेको आवाज ठानेको बताएका छन् । उनका अनुसार लगातार गोली चलेपछि केही समय रोकिएको र फेरि गोली चलेको थियो । घटनापछि विद्यार्थीहरू विद्यालयबाट भागेका थिए भने कर्मचारीहरू विद्यालयबाहिर चिन्तित अवस्थामा देखिएका थिए ।

प्रहरीका अनुसार गोली चलाउने व्यक्ति कक्षा ९ मा अध्ययनरत देचराफी कोङ्दी थिए । घटना बैंककको उत्तरपश्चिमी बाहिरी क्षेत्रमा रहेको देब्सिरिन नोनथाबुरी विद्यालयमा भएको हो । देब्सिरिन विद्यालय थाइल्यान्डको चर्चित माध्यमिक विद्यालय हो र देशका विभिन्न स्थानमा यसका शाखा रहेका छन् । बैंककस्थित मूल विद्यालय सन् १८८५ मा राजा चुलालोङ्कोर्नले स्थापना गरेका थिए । विद्यालयका पूर्वविद्यार्थीमा कूटनीतिज्ञ, खेलाडी तथा केही पूर्वप्रधानमन्त्रीसमेत रहेका छन् ।

थाइल्यान्डमा हतियारसम्बन्धी कानुन कडा छ र अवैध रूपमा बन्दुक राखेमा १० वर्षसम्म कैद हुन सक्छ । यद्यपि दक्षिणपूर्वी एसियामा नागरिकको हातमा हतियारको स्वामित्व उच्च रहेको देशमध्ये थाइल्यान्ड पनि पर्छ ।

पछिल्ला वर्षमा थाइल्यान्डमा यस्ता घातक गोलीकाण्डका घटना हुँदै आएका छन् । गत फेब्रुअरीमा दक्षिणी थाइल्यान्डमा १८ वर्षीय बन्दुकधारीले विद्यालयका प्रधानाध्यापक र एक छात्रामाथि गोली चलाउँदा प्रधानाध्यापकको उपचारका क्रममा मृत्यु भएको थियो । गत वर्ष बैंककको एक खाद्य बजारमा भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको थियो ।

ranechhap