वि.सं.२०८३ भदौ १४ आइतवार

केरौन सबस्टेशन परीक्षण तथा प्रसारण लाइन निर्माणका लागि शनिबार विद्युत् आपूर्ति बन्द हुने

khanepani

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेशनका उपकरणहरूको परीक्षण तथा दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नं. ६८–६९ बिच डेड एन्ड टावर जडान कार्य सम्पन्न गर्न शनिबार केही जिल्लामा अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

प्राधिकरणका अनुसार शनिबार बिहान ४:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ। यस अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङ जिल्लाको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।

प्राधिकरणले निर्धारित प्राविधिक कार्य सम्पन्न भएलगत्तै विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गरिने जनाएको छ। कार्य निर्धारित समय भन्दा अगावै सम्पन्न भएमा सोही अनुसार विद्युत् सेवा पनि समयअघि नै सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ।

यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ।

ranechhap