वि.सं.२०८३ साउन २१ बिहीवार

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु,१०० जना घाइते

khanepani

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेशमा २ तथा कोशी र लुम्बिनीमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १९ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ४ जना, सुदूरपश्चिममा १४ जना, गण्डकीमा ३ र कर्णालीमा ११ जना घाइते भएका छन् ।

ranechhap