वि.सं.२०८३ साउन २२ शुक्रवार

प्रगतिशील लोकतान्त्रिक पार्टीमा विभाजन: नयाँ शक्ति ब्युँतियो, परियार प्रलोपामै रहने

khanepani

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा तथा पूर्वरास्वपा नेता सन्तोष परियारलगायतले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रूपमा विभाजित भएको छ। अधिकांश नेताहरू यसअघि नै अलग भइसकेको अवस्थामा बाँकी रहेका अध्यक्ष परिषद्का सदस्यहरू दुर्गा सोब र सन्तोष परियारबीच पनि छुट्टिने सहमति भएको हो।

सहमति अनुसार बाबुराम भट्टराईले प्रलोपा गठनअघि निर्माण गरेको ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ पुन: ब्युँताइएको छ, जसको नेतृत्व दुर्गा सोबले गर्नेछिन्। यस पार्टीको चुनाव चिह्न पूर्ववत् ‘आँखा’ नै रहनेछ। अर्कातर्फ, सन्तोष परियार प्रलोपामै रहनेछन् र यो पार्टीका लागि ‘आँखा’ बाहेकको तीन रङको चुनाव चिह्न चयन गर्ने प्रक्रिया अघि बढाइएको छ। यसअघि नै सुदन किराँती र ओजस्वी भट्टराई लगायतका प्रभावशाली नेताहरू प्रलोपाबाट बाहिरिइसकेका थिए।

ranechhap