वि.सं.२०८३ साउन १५ शुक्रवार

नेपाली कांग्रेसका सभापति गगन थापाले गरे कोशी र मधेश प्रदेशका नेताहरूसँग छलफल

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पदाधिकारी तथा नेताहरूसँग छलफल गरेका छन्। मधेश प्रदेशका विभिन्न क्षेत्रमा हिंसात्मक घटना बढ्दै सभापति थापाले छलफल गरेका हुन्।

छलफलमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेश प्रदेशका प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला कार्यसमिति तथा पालिका तहका नेतृत्वको सहभागिता रहेको थियो।

छलफलका क्रममा मधेशको पछिल्लो सुरक्षा अवस्था, हिंसात्मक घटनाको प्रभाव, स्थानीय जनजीवन तथा शान्ति-सुरक्षा कायम गर्ने उपायबारे छलफल भएको जनाइएको छ।

ranechhap