वि.सं.२०८३ साउन १४ बिहीवार

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डीपी अर्यालको भेटवार्ता

khanepani

काठमाडौँ । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

बिहीबार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्याससँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उक्त भेटमा संसद्को वर्तमान अवस्था, संसदीय प्रक्रियालाई प्रभावकारी बनाउने विषय तथा समसामयिक राष्ट्रिय मुद्दाबारे समेत विचार विमर्श भएको बताइएको छ।

ranechhap