वि.सं.२०८३ साउन १२ मंगलवार

कांग्रेस सांसद केसीले भने, ‘३५ वर्ष भएन भनेर पन्छिन पाइँदैन, बोलेको कुरा पुर्‍याउनुपर्‍यो नि’ !

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन निर्वाचन आयोगलाई राजनीतिक प्रभावबाट पूर्ण रूपमा स्वतन्त्र र संस्थागत रूपमा सक्षम बनाउनुपर्ने बताएका छन्।

प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइमा बोल्दै राजनीतिक दलहरूलाई न्यूनतम पारदर्शी र लोकतान्त्रिक मूल्य–मान्यतामा सञ्चालन गराउनुपर्ने बताए।

लोकतन्त्रका लागि निर्वाचन आयोग सबैभन्दा महत्त्वपूर्ण संवैधानिक संस्थामध्ये एक भए पनि नेपालका संवैधानिक संस्थाहरू विगतदेखि नै सरकारको छायाँमा परेको टिप्पणी गरे।

उनले भने, ‘लोकतन्त्र मूल्य–मान्यताका आधारमा सञ्चालन हुनुपर्ने भए पनि संवैधानिक संस्थाहरू स्वतन्त्र रूपमा काम गर्न सकेका छैनन्। सरकारले चाहे भ्रष्टाचारका मुद्दामा कारबाही रोक्ने र चाहे पक्राउ गर्न दबाब दिने प्रवृत्ति लोकतान्त्रिक अभ्याससँग मेल खाँदैन।’
कुनै पनि संवैधानिक संस्थालाई त्रसित वा प्रभावित गर्ने काम लोकतन्त्रको मर्मविपरीत हुने उनको धारणा थियो।

निर्वाचन आयोगलाई कुनै पनि राजनीतिक पूर्वाग्रह वा नियन्त्रणबाट मुक्त, स्वतन्त्र र संस्थागत रूपमा विकास गर्न आग्रह गरे। आयोगले आफ्नो संवैधानिक भूमिकाअनुसार लोकतन्त्रलाई दिगो बनाउने संस्थाका रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए।

उनले आगामी निर्वाचनअघि विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउनु सरकारको प्रमुख दायित्व भएको बताए।

उनले भने, ‘हामी असफल भयौँ, गर्न सकेनौँ। अब आउने निर्वाचनमा त नयाँ आएको जनमत तयार भएपछि सरकारले बोलेको कुरा त पुर्‍याउनुपर्‍यो नि। खाली ३५ वर्ष भएन भनेर पन्छिन पाइँदैन। अब गर्नुपर्ने दायित्व सरकारको हो।’

ranechhap