वि.सं.२०८३ साउन १२ मंगलवार

प्रश्तावित आयुक्तलाई सांसद विष्टको प्रश्न–निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ?

khanepani

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद नरबहादुर विष्टले निर्वाचन आयोग सरकारको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन नसकेको अनुभूति हुने गरेको बताए ।

संसदीय सुनसवाई समिति संयुक्तमा प्रश्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेको सुनुवाईको क्रममा उहाँलले आयोगको निष्पक्षतामाथि प्रश्न उठाए ।

सांसद विष्टले नेपाली काँग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित निर्णयलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै तत्कालिन सत्ताको प्रभावमा परेर आयोगले निर्णय गरेको आरोप लगाए । उहाँले नियमित महाधिवेशनबाट आएको नेतृत्वलाई बाईवास गरेर गरिएको विशेष महाधिवेशनलाई मान्यता दिएको बताए ।

ranechhap