एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको ट्रम्पले बताए।
सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको दाबी गरे।
राष्ट्रपति ट्रम्पले भने, ‘हामी अहिले उनीहरूसँग वार्ता गरिरहेका छौँ ।
मलाई लाग्छ कि समय बित्दै जाँदा उनीहरू थप गम्भीर बन्दै गएका छन् । हामी के हुन्छ हेर्नेछौँ ।’ उहाँले अमेरिकासँग दुईवटा विकल्प रहेको उल्लेख गर्दै वार्तालाई ‘बौद्धिक मार्ग’ र सैन्य कारबाहीलाई ‘सजिलो तर उच्च स्तरको मार्ग’ का रूपमा व्याख्या गरे ।






































