वि.सं.२०८३ साउन ९ शनिवार

ट्राफिक व्यवस्थापनमा नागरिकको जिम्मेवारी र ‘पहिला तिमी’ भन्ने संस्कार आवश्यकः राजेश हमाल

khanepani

काठमाडौ । महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिए ।

शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सडक व्यवस्थापन प्रहरीको मात्र नभई आम नागरिकको पनि साझा जिम्मेवारी भएको बताए ।

हमालले समयसँगै सवारी साधनको सङ्ख्यामा अत्यधिक वृद्धि भएपनि सोही अनुपातमा भौतिक पूर्वाधारको विकास हुन नसकेको प्रति चासो व्यक्त गरे।

ranechhap