काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकीमा २ जना तथा मधेश, लुम्बिनी र बागमतीमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १०९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १६ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा १६ जना, गण्डकीमा ३ जना, सुदूरपश्चिममा १२ जना र कर्णालीमा २७ घाइते भएका छन् ।







































