वि.सं.२०८३ साउन ८ शुक्रवार

ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल

khanepani

काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले ज्येष्ठ नागरिकको हेरचाह र अधिकार प्रत्याभुतिका लागि सरकारले अलग्गै संरचना बनाउनुपर्ने आवश्यकता औल्याउनु भएको छ ।

ज्येष्ठ नागरिकका विषयमा राजधानी काठमाडौंमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कानूनी र संवैधानिक प्रावधान मात्र पर्याप्त नभएको बताए ।

सरकारको स्पष्ट नीति तथा कार्यक्रम, बजेटसहितको कार्यालय, जनशक्ति र अनुगमन हुने ठोस संरचनात्मक व्यवस्था नै गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

नेपालमा तिब्र गतिमा भइरहेको जनसाङ्ख्यिक परिवर्तनलाई ध्यानमा राख्दै राज्यले आफ्नो परम्परागत हेरचाह प्रणालीलाई आधुनिक र एकीकृत ढङ्गले रूपान्तरण गर्नुपर्नेमा उहाँको जोड थियो ।

ranechhap