काठमाडौ । प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ ।
मंगलवार बसेको संसदीय सुनुवाई समिति संयुक्तले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रश्तावित कार्कीविरुद्ध परेको उजुरी खोलेको हो ।
प्रश्तावित निर्वाचन आयुक्त द्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध कुनै उजुरी नपरेको समिति सभापति वोधनारायण श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी मागिएकोमा प्रमुख निर्वाचन आयुक्तका प्रश्तावित कार्कीविरुद्ध एउटा मात्र उजुरी प्राप्त भएको हो ।
समितिलाई सुनुवाई प्रक्रियासम्बन्धी एउटा सुझाव पनि प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।







































