वि.सं.२०८३ साउन ५ मंगलवार

मोरङमा करिब १५ लाखको अवैध सामानसहित एक जना पक्राउ

khanepani

काठमाडौं । मोरङको बुढिगंगा गाउँपालिका–१ टंकी सिनवारी र सीमा इलाकाबाट सशस्त्र प्रहरीले १४ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको सामानसहित विराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ३२ वर्षीय मोहमद अफजललाई सशस्त्र प्रहरी बल नेपाल नं. ३ कंकालिनी गण मोरङ र सीमा सुरक्षा गुल्म रानीले नियन्त्रणमा लिएको हो ।

बरामद भएको सामानहरुमा लत्ताकपडा, कस्मेटिक तथा किराना सामान, औषधि, सिटी सफारी र स्कुटर रहेको छ ।

नियन्त्रणमा लिइएका व्यक्ति, बरामद सामान तथा स्कुटर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङ्गमा बुझाइएको छ ।

ranechhap