वि.सं.२०८३ साउन ५ मंगलवार

फाइनलपछिको झडप- सुरुमा मोलिनाले रोड्रीलाई हानेका थिए मुक्का, यस्तो छ नयाँ विवरण

khanepani

काठमाडौँ । विश्वकप फाइनलपछिको झडपलाई लिएर अर्जेन्टिनी खेलाडीहरुको चर्को आलोचना भइरहँदा एउटा फरक एङ्गलको भिडिओ फुटेज सार्वजनिक भएको छ । यो भिडिओमा देखिए अनुसार हातपातको सुरुवात अर्जेन्टिनाका फुलब्याक नाहुएल मोलिनाले गरेका थिए ।

खेलको अन्तिम सिटी बज्नेबित्तिकै अर्जेन्टिनी खेलाडीहरूले आफ्नो धैर्य गुमाए र विजयी टिमका खेलाडीमाथि गलत हर्कत गर्न पुगे ।

खेल सकिएपछि पराजित टोलीको आक्रोश छताछुल्ल भयो, जहाँ लियान्द्रो परेडेसले स्पेनका स्टार गाभी र एरिक गार्सियामाथि आक्रमण गरेका थिए ।

यस्तो अप्रिय दृश्य देखिएपछि रेफ्री स्लाभ्को भिन्सिकले परेडेसलाई रातो कार्ड देखाए । तर, हातपातको सुरुवात भने मोलिनाले गरेका हुन् । विजेता टीम उत्सव मनाउन दौडिइरहेको बेला मोलिनाले रोड्रीको पेटमा अकस्मात मुक्का हानेका थिए । त्यसपछि मात्र रोड्री फर्किएर मोलिनासँग आमनेसामने भएका हुन् । कप्तान रोड्रीले मोलिनासँग प्रतिवाद गरिरहेको भिडिओमा देखिएको छ ।

रोड्रीसँग विवादका क्रममा मोलिनाले उनलाई पेटले धकेल्छन् भने रोड्रीले हातले पन्छाउन खोज्छन् । यो देखेपछि स्पेनका दुई खेलाडी दौडिँदै आएर मोलिनालाई हातले धकेलेर हुत्याउँछन् ।

त्यसपछि अर्जेन्टिनाका मिडफिल्डर लियान्ड्रो पेरेस दौडिँदै आएर स्पेनका खेलाडीमाथि झम्टिएका थिए । उनले उनले एरिक ग्रासियासँग झगडा सुरु गरे । ग्रासियालाई घाँटीमा समातेर हुत्याए ।

यो दृष्य देखेपछि अर्जेन्टिनाका प्रशिक्षक आएर छुट्याउने प्रयास गर्छन् । तर परेडेसले गामीलाई धकेलेर/ट्याकल गरेर भुइँमा पछारिदए । दुवै टिमका खेलाडी, सब्स्टिचयूट र कोचिङ स्टाफ मैदानमा कुदेर आए । मुक्का हानाहान, धकेलाधकेल भयो ।

केही सेकेन्डसम्म बबण्डर मच्चियो । यस्तो अप्रिय दृश्य देखिएपछि रेफ्री स्लाभ्को भिन्सिकले परेडेसलाई रातो कार्ड देखाए ।

इङ्गल्याण्ड विरुद्धको सेमिफाइनलमा अर्जेन्टिनाको अत्यधिक शारीरिक खेल शैलीलाई धेरैले बढी नै भएको ठानेका थिए, तर खेलपछि त उनीहरु गुण्डागर्दीकै स्तरमा उत्रिए ।

अर्जेन्टिनी खेलाडीहरुको रवैयालाई लिएर चौतर्फी आलोचना भइरहँदा फिफाले यसमाथि कस्तो कारवाही गर्छ भन्ने पनि प्रश्न उठिरहेको छ ।

यस्तो लफडा भइरहँदा अर्जेन्टिनाका कप्ता लियोनल मेस्सी भने उदास अनुहार लिएर एक्लै हिँडिरहेका थिए । उनी झडप भएतिर जाँदै गएनन् । देखेर पनि नदेखेको जस्तो गरे । स्पेनका युवा स्ट्राइकर लामिन यमल मेस्सी भएतिर आएर उनलाई अंकमाल गरेका थिए । यी दुवै खेलाडि विवादबाट टाढै रहे ।

ranechhap