वि.सं.२०८३ साउन ५ मंगलवार

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु,१२९ जना घाइते

khanepani

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी, लुम्बिनी र गण्डकीमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा १३ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा ४५ जना र कर्णालीमा २ घाइते भएका छन् ।

ranechhap