वि.सं.२०८३ साउन १ शुक्रवार

८ घण्टा वार्तापछि मिटरब्याज पीडितसँग सहमति, ७ बुँदे सम्झौतामा हस्ताक्षर हुँदै

khanepani

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतिमा पुगेको छ । केहीबेरमा ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षरको तयारी भएको वार्तामा सहभागीले बताएका छन् ।

सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारीसहित आज बिहानदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता जारी थियो ।

यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता भएको थियो । हिजोको छलफल र सहमतिको जगको आधारमा आज सहमति भएको बताइएको छ ।

जनकपुरबाट काठमाडौंका लाग पैदलमार्चमा हिँडेका मिटरब्याजपीडितलाई बीच बाटोमै रोकेर सरकारले वार्ताको पहल थालेको थियो ।

वार्ता टोलीमा को-को छन् ?

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन् ।

टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्यका रूपमा छन् ।

पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन् । टोलीका सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी रहेका छन् ।

ranechhap