काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानमा दुईथरी सल्लाहकार समिति गठन भएको छ ।
शुक्रवार सम्पन्न २४ औं साधारणसभाले विज्ञ सल्लाहकार र सल्लाहकार गरी दुईथरी समिति गठन गरेको हो ।
विज्ञ सल्लाहकारमा दिनेश कुमार घिमिरेलाई प्रमुख विज्ञ सल्लाहकारको जिम्मा दिइएको छ । अन्य विज्ञ सल्लाहकारहरुमा अनुप उपाध्याय, डा. सन्दिप शाह, मनोजकुमार गोयल, कुमार पाण्डे र डा. आत्माराम घिमिरे रहेका छन् ।
यस्तै डा. छत्र बहादुर बस्नेत, अरुण सुवेदी र नारायण पौडेलपनि विज्ञ सल्लाहकारका रुपमा रहेका छन् ।
यसैगरी प्रमुख सल्लाहकारमा गणेश कार्की छन् । सल्लाहकारहरु उमेश कार्की, बटु लामिछाने, रघुनाथ पुरी र केशव रायमाझी रहेका छन् ।
त्यस्तै ज्ञानेनद्रलाल प्रधान, सुशिल थापा, कृष्णप्रसाद भण्डारी, पुष्पज्योति ढुंगाना र दिनेश गुरुङ रहेका छन् ।






































