वि.सं.२०८३ असार ३२ बिहीवार

प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न सिंहदरबार पुगे राप्रपा अध्यक्ष लिङदेन

khanepani

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरेका छन् ।

लिङ्देन शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नै पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा छलफल भएको छ ।

​छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओलीज्यू सहभागी थिए ।

ranechhap