काठमाडौं महानगरपालीकाले विद्युतिय सवारी साधनको शोरुमको करमा ८० प्रतिशत छुट दिने भएको छ।
आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकअनुसार महानगर भित्रका दुइपांग्रे तथा चार पांग्रे विद्युतिय सवारी साधनको शोरुमको करमा ८० प्रतिशत छुट पाउने भएका हुन्।
छुट पछि चारपंग्रे सवारी साधनको शोरुमले महानगरलाई बार्षिक १० हजार र दुई पंग्रे सवारी साधनको शोरुमले ५ हजार मात्र तिर्नु पर्नेछ।