वि.सं.२०८३ भदौ ४ बिहीवार

कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा

khanepani

सुर्खेत । कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

साउन १ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गते बसेको बैठकले प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ संस्थालाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यस सम्बन्धमा सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थालाई जानकारी गराउन प्रदेश सरकारले बिहिवार सूचना जारी गर्दै प्रदेश सचिव लक्ष्मीकुमार विकले बिदा दिएको जानकारी दिएका छन् ।

ranechhap