वि.सं.२०८३ असार ३१ बुधवार

जापानलाई हराउदै नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा

khanepani

काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ ।

बुधबार मलेसियामा सम्पन्न खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

जापानले दिएको ८७ रनको लक्ष्य पछाएको नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि जापानले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ८६ रन बनाएको थियो ।

अब नेपालले सेमिफाइनलमा युएइको सामना गर्ने भएको छ र सेमिफाइनलको खेल शुक्रबार हुने छ ।

ranechhap