वि.सं.२०८३ असार २६ शुक्रवार

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

khanepani

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु वाँणगंगा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।

माधवले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

ranechhap