काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ ।
वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार,उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टका लागि पठाउन लागिएको हो ।
नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यक्रम अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनको आज वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
‘पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालसँग समन्वय गर्ने काम भइरहेको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागसँग समन्वय गरेर पठाउँदैछौं,’ डा. बुढाथोकीले भने ।
आफन्तहरूले भने अहिलेसम्म शव बुझेको छैन ।
नेपालीको मृत्यु भएपछि काठमाडौंको माइतीघर, भद्रकाली र वीर अस्पताल अगाडि प्रदर्शन पनि भइरहेको छ ।





































