वि.सं.२०८३ असार २६ शुक्रवार

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु,९४ जना घाइते

khanepani

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने मधेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ९४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने काठमाडौँमा २५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २६ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा १४ जना, काठमाडौँ बाहेक बागमती प्रदेशमा ११ र कर्णालीमा ३ घाइते भएका छन् भने सुदूरपश्चिममा १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

ranechhap