रौतहट । रौतहटको ईशनाथ नगरपालिका-३ औरैयामा जग्गाको विषयलाई लिएर भएको विवाद चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको छ ।
मंगलबार राति स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच जग्गाको विषयमा विवाद हुँदा कुटपिट भएको थियो । सोही क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट बुटन साहको ढाड (पिठ्युँ) मा गम्भीर चोट लागि उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा राति करिब ९ बजे उपचारकै क्रममा उनको मृत्यु भएको छ ।
घटनामा घाइते भएका रामबहादुर साहको टाउकोमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहार तथा झैँझगडामा संलग्न राममहेश्वर साह र रामऔतार साहलाई नियन्त्रण लिइ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानेको छ





































