वि.सं.२०८३ असार २३ मंगलवार

सामूहिक बलात्कार प्रयास आरोपमा रौतहटको एक होटलबाट ४ भारतीयसहित ५ जना पक्राउ

khanepani

जनकपुरधाम । रौतहटको गौर नगरपालिका-२ स्थित सुस्मा प्यालेस होटलबाट सामूहिक बलात्कार प्रयासको आरोपमा ५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यही २१ गते बिहान करिब १ बजे पीडितबाट प्राप्त सूचनाका आधारमा प्रहरीले होटलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-२ निवासी २५ वर्षीय सन्तोष राउत रहेका छन् । त्यस्तै भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाका ३३ वर्षीय मो. ताजुदिन, ३७ वर्षीय जितेन्द्र कुमार, ३८ वर्षीय हसनैन आलम र ३४ वर्षीय आलोक कुमार पनि पक्राउ परेका छन् ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

ranechhap